काठमाडौं – नेपाल भुतपुर्व सैनिक संघ इन्द्रावती गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ।
शनिबार इन्द्रावती गाउँपालिका नवलपुरमा भएको प्रथम अधिवेशनबाट अध्यक्षमा लिला बहादुर तामाङ निर्वाचित भएका छन । सचीव र कोषाध्यक्षमा क्रमश: जलप्रसाद लम्साल र श्याम बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यसैगरी अधिबेशनबाट सदस्यमा राम बहादुर ठकुरी, विजयराम नापित,राम बहादुर गिरी,हरि बहादुर गिरी,काजी तामाङ ,राम बहादुर तामाङ, दल बहादुर भारती, वीर बहादुर तामाङ, गणेश बहादुर तामाङ, वोध विक्रम थापा, चुनलाल माझी सहित १५ जना को कार्यसमिति निर्वाचित भएको हो।
अधिवेशनका प्रमुख अतिथी कांग्रेस पुर्वकेन्द्रिय सदस्य विष्णु विक्रम थापाले निर्वाचित कार्यसमिति लाई बधाई एवम् शुभकामना दिँदै समाज सहित कांग्रेसलाई समृद्ध बनाउन भुपु सैनिक साथीहरुको सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए।
पुर्व गाउँपालिका अध्यक्ष एवं महासमिति सदस्य बंशलाल तामाङले सैनिक संघ को गठन ले कांग्रेस लाई थप चलयमान बनाउने मा आफू विश्वसत रहेको बताउँदै निर्वाचित सैनिक संघ का सबै पदाधिकारी लाई आफ्नो जिम्मेवारी निष्पक्ष रुपले निर्वाह गर्न समेत आग्रह गरे।
कार्यक्रममा महासमिति सदस्य शिव सुनार,राजु गोर्खाली,जिल्ला उप सभापती टंक कार्की,महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङ, उद्धव बानियाँ, श्री लामा, सानुमाया हिमालय बागमती प्रदेश कोषाध्यक्ष भुपेन्द्र थापा, प्रतिनिधि देवकुमार कोइराला, सुबास तिरुवा,जिल्ला सदस्यहरु भरत प्रसाद तिमल्सिना, श्याम बहादुर गिरी, सजिना श्रेष्ठ,नेका इन्द्रावती सभापति जिवन कुमार थापामगर, भुतपुर्व सैनिक संघ जिल्ला अध्यक्ष मणिलोचन न्यौपाने लगायत कांग्रेस बाट इन्द्रावतीमा निर्वाचित जनप्रतिनिधि हरु लगायत नेताहरूले शुभकामना दिएका थिए ।
कार्यक्रम दल बहादुर राणाको सभापतित्वमा सम्पन्न भएको थियो।