काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मूल्य र बाह्य क्षेत्रमा स्थायित्व कायम गरी अर्थतन्त्र चलायमान बनाउन लचिलो नीति अवलम्बन गरिएको राष्ट्र बैंकले जनाएको छ।
सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेट वक्तव्यअनुसार ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्नेगरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रमा प्रवाह गर्न प्राथमिकता रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउन दबाब दिने नीति लिएको छ। सोअनुसार नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ। यसअघि नीतिगत दर ७ प्रतिशत रहेको थियो।
साथै वित्तीय स्रोत उत्पादनशील क्षेत्रमा प्रवाह गरी आन्तरिक उत्पादन क्षमता बढाउन मौद्रिक नीतिले प्राथमिकता दिएकाे राष्ट्र बैंकले उल्लेख गरेको छ।
[pdf-embedder url=”https://madhyabindu.com/wp-content/uploads/2023/07/Monetary-Policy_2080-81.pdf” title=”Monetary Policy_2080-81″]