नेप्सेमा कारोबार रकममा रेकर्ड ब्रेक

23

काठमाडौं – सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा झण्डै सवा ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

दुई दशमलव ८ प्रतिशतले उकालो लागेको धतोपत्र बजारमा आज ६ अर्ब ११ करोड रुपैयाँ ६७ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा भएको यो हालसम्मकै उच्च कारोबार हो ।

बजार परिसूचक नेप्से आज ३६ दशमलव ३२ अंकले उकालो लागेर एक हजार ७ सय ७८ दशमलव १२ बिन्दुमा पुगेको छ । हिजो २३ दशमलव ३२ अंकले उकालो लागेको नेप्सेमा ४ अर्ब ७९ करोड १० लाख ४१ हजार रुपैयाँ बरारबको कारोबार भएको थियो ।

नेप्सेमा आज कारोबार भएका सबै कम्पनी समूहको उपसूचक उकालो लागको छ । सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूहको उपसूचक ३ सय ९९ दशमलव १६ अंकले बढेको छ ।

यस्तै, जीवन बीमाको ३ सय ७६ दशमलव १५, उत्पादन मूलकको २ सय ४ दशमलव ७४, व्यापारको १ सय ९८ दशमलव ४, होटलको १ सय ८१ दशमलव ६३ र अन्य समूहको ५८ दशमलव १५ अंकले बढेको छ ।

नेप्सेमा आज कुल १ सय ९८ कम्पनीका ५६ हजार ३ सय ४१ कारोबारबाट एक करोड ४० लाख ६२ हजार ५ सय ७ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यस दिन कारोबार रकमका आधारमा नेपाल पुर्नबीमा कम्पनी अगाडि रह्यो । सो कम्पनीको सबैभन्दा बढी ४१ करोड ८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

समाचार वर्गहरू