नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरावट

49

काठमाडौं – धितोपत्र बजारमा सोमबार सामान्य अंकले गिरावट आएको छ । बजार परिसूचक नेप्से आज ४ दशमलव ७३ अंकले घटेर एक हजार ५ सय ६० दशमलव ८३ बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोबार रकममा पनि अघिल्लो दिनको तुलनामा एक अर्ब ४४ करोड रुपैयाँले कमी आएको छ । हिजो ४ दशमलव २९ अंकले उकालो लागेको नेप्सेमा ३ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा कारोबार भएका विकास बैंक र वित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लाग्दा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ५२ दशमलव ९१ अंकले घटेको छ ।

विकास बैंक २.२४ र वित्त ११.४१ ले वृद्धि हुँदा बैंकिङ ४.०३, व्यापार १४.६९, होटल १९.३९, जलविद्युत् २.९१, निर्जीवन बीमा ४९.८३, उत्पादन १९.६४, अन्य ०.१, लघुवित्त ७.६१, जीवन बीमा ५२.९१ र सामूहिक लगानी कोष ०.०५ ले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु नौ करोड ३२ लाख ६३ हजार ४५६ बराबरको कारोबार भयो ।

नेप्सेमा सोमबार कुल एक सय ९१ कम्पनीका ३० हजार ५ सय ९६ कारोबारबाट ६९ लाख ९७ हजार ४ सय २० कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, एक अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाचार वर्गहरू