नेप्से परिसूचम हालसम्मकै उच्च बिन्दुमा

31

काठमाडाैं – सेयर कारोबारको पहिलो दिन आइतनबार नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४१ दशमलव २४ अंकले बढेर हालसम्मकै उच्च २ हजार २ सय ३५ दशमललव ७२ बिन्दुमा पुगेको छ ।

गत बुधबार नेप्से २ हजार १७८ दशमलव ५७ बिन्दुमा पुग्दै नयाँ रेकर्ड बनाएको थियो । त्यसको भोलिपल्ट अर्थात कारोबारको अन्तिम दिन गत बिहीबार नेप्सेले सो रेकर्ड तोड्दै २ हजार १ सय ९४ दशमलव ४९ बिन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको थियो ।

साताको पहिलो कारोबार दिन सेन्सेटिभ इण्डेक्स १ दशमलव ७१ प्रतिशत अर्थात ७ दशमलव २१ अंक बढेर ४ सय २८ दशमलव ४३ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएको छ ।

गत बिहीबार ५ अर्ब ८७ करोड ४७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेमा आइतबार कुल २ सय ७ कम्पनीको ५७ हजार १ सय ७१ पटकको कारोबारबाट १ करोड ५० लाख ३० हजार कित्ता शेयर खरिदबिक्री भए । जसअन्तर्गत, ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि बढ्दै गएकोले लगानीकर्ताहरु अझ उत्साहित भएका छन् । आइतबार कारोबारमा आएका १२ उपसमूह मध्ये ११ उपसमूहको परिसूचक बढेको छ । सो मध्ये विकास बैंकको परिसूचक सर्वाधिक ३ दशमलव ९८ प्रतिशतले बढेको छ भने बैंकिङ्ग समूहको उपसूचक ३ दशमलव ५९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, व्यापार उपसमूहको परिसूचक ३ दशमलव १७ प्रतिशत, वित्तको २ दशमलव १५ प्रतिशत, होटलको १ दशमलव ०८ प्रतिशत र हाइड्रोपावरको १ प्रतिशत बढेको छ । जीवन बीमा उपसमूहको परिसूचक भने यस दिन शून्य दशमलव १२ प्रतिशतले घटेको छ ।

आइतबार प्रभु बैंकको सर्वाधिक ४० करोड २९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

समाचार वर्गहरू