नेम्बाङद्धारा सहरी विकास मन्त्रीको पदभार गहण

60

(काठमाडौँ) – भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पनि पदभार ग्रहण गरेका छन् । नेम्बाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै उनले मातहतका निकायलाई प्रतिबद्ध, लगनशिल, इमानदारिता र जवाफदेही भएर काम गर्न निर्देशन दिए । हामीले नगरे कस्ले कर्छ भन्ने भावना राखेर काम गर्न आग्रह गर्दै उनले भने, ‘हामीले यति भावना राखेर काम गऱ्यौं भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहाना पूरा हुन्छ ।’

मन्त्री नेम्बाङले नीति कार्यान्वयन गर्न आफु नेतृत्व ड्राइभर मात्र नभएर साथी र सहजकर्ताको रुपमा रहने समेत उल्लेख गरे । मन्त्री नेम्बाङले पदभारसंगै बागमती एकीकृत सभ्यातासँग जोडिएका विषलाई विधेयक निर्माणका लागि अर्थमन्त्रालयसंग सैद्धान्तिक सहमति लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गरे ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले छोटो समयमै आफ्नो व्यवस्था परिवर्तन गरि आलोचनाखेपी रहेका मन्त्रालयलाई आलोचनामुक्त गराएर अगाडी बड्नु भएको र त्यो सीप लगन सहरी विकास मन्त्रालयमा पनि प्रतिविम्बित हुने विश्वास व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा मन्त्री नेम्वाङलाई थप जिम्मेवारी दिएकी थिईन ।

समाचार वर्गहरू