नेसपालाई आयोगले भन्यो- नयाँशक्तिको झण्डा र लोगो दुरुपयोग नगर्नु

82

काठमाडौं – निर्वाचन आयोगले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग नगर्न सुझाएको छ ।

आयोगले बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेको भन्दै अब उप्रान्त त्यसो गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

नेसपाका महासचिव रमेश प्रसाद यादवले जारी गरेको एक विज्ञप्तिमा आफ्नो झण्डा र लोगो दुरुपयोग गरिएको भन्दै नेसपा नयाँशक्तिले निर्वाचन आयोगमा दिएको निवेदनको आधारमा आयोगले नेसपा महासचिव यादवलाई नै सम्बोधन गरेर पत्र पठाउँदै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ९ को विपरीतको काम नगर्न भनेको हो ।

बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नेसपाले पार्टी गतिविधि गरेको भन्दै महिन्द्र राय यादवसहितका नेताहरुलाई २०८१ असार २ गते निष्कासन गरेको थियो । त्यसपछि यादवले नेसपा नामबाट गतिविधि गर्दै आएका छन् ।

यस्तो छ निर्वाचन आयोगको पत्र-

 

समाचार वर्गहरू