काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६० जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९ पुरुष र ६१ महिला गरी १ सय ६० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २ सय १५ पुगेको छ । काठमाडौं उपत्यकामा ५० पुरुष र २९ महिला गरी ७९ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ६७, ललितपुरमा ७ र भक्तपुरमा ५ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ६५ जना संक्रमण मुक्त भएका छन् । योसँगै मुलुकमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने एक हजार ७ सय ३७ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट नेपालमा हालसम्म २ हजार ४७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।