काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा १ हजार४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ४०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। शुक्रबार मात्रै काठमाडौंमा ४५४ जनामा संक्रमण देखिएको थियो।
मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।
२४ घण्टामा कोरोनाले ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८० पुगेको छ ।