काठमाण्डौं – पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप २७ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे अवधिमा १० हजार चार सय २३ जनाकाे नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
पछिल्लो २४ घन्टामा देशभर थप १७ जना कोरोना संक्रमितको निधन भएको छ । यो समेत हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप भएकोसमेत देशभर हालसम्म संक्रमित हुनेको संंख्या एक लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमणमुक्त भई आज २२ सय ६ जना डिस्चार्ज भएका छन् ।
हालसम्म एक लाख ५५ हजार एक सय १४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् । मन्त्रालयका अनुसार संक्रमित निकाे हुने दर ८१ प्रतिशत रहेकाे छ ।
हाल देशभर सक्रिय संक्रमित ३५ हजार चार सय ३५ जना रहेको मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये तीन सय ६५ जनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।