पढाइभन्दा सिकाइमा जोड दिनुपर्छ : मुख्यमन्त्री पौडेल

25

हेटौंडा – प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाउनुपर्ने बताएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ ले आज (बिहीवार) हेटौंडामा आयोजना गरेको कार्यक्रममा पौडेलले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

“पढाइ र सिकाइ फरक÷फरक कुरा हुन् । पढाइले व्यावसायिक बनाउदैन, तर सिकाइले व्यावसायिक बनाउँछ,” मुख्यमन्त्री पौडेलले भने, “आफ्ना विद्यार्थीलाई पढाउने होइन सिकाउनुस् ।”

कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमकेन्द्र परिषद्का सदस्य सचिव डा पुष्परमण वाग्लेले हालसम्म १३ वटा जिल्लामा एक सयवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा अध्ययन भइरहेको जानकारी दिए ।

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू