पतञ्जली जग्गा हिनामिना प्रकरणमा यी हुन् अख्तियारले मुद्दा दायर गरेका ९३ जना

127

काठमाडौं – पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहितलाई प्रतिवादी बनाएर दायर गरिएको भ्रष्टाचार मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ ।

पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहित ९३ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसैगरी मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृतप्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु राम कृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाई, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा, खरिदारहरु बद्रिप्रसाद हुमागाईँ, पुष्प कुमार पौडेल र रोसकाजी जस्पाउ रहेका छन्।

को को छन् त आरोपी ?

समाचार वर्गहरू