पत्रकार पण्डितको निधन

10

काठमाडौं – पत्रका शेषकान्त पण्डितको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित पण्डितको आज बिहान ललितपुरको मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।

शिक्षा बिटमा लामो समयदेखि क्रियाशील पण्डित हाल गोरखापत्र दैनिकको उपसम्पादकका रूपमा क्रियाशील थिए । उनका दाजु श्रीकान्त पण्डितका अनुसार पत्रकार पण्डितको उपचारका क्रममा आज बिहान ३ बजे निधन भएको हो । आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

तनहुँको भानु नगरपालिका स्थायी ठेगाना भएका पण्डितका श्रीमती एक छोरा र एक छोरी छन् । उनी हाल कीर्तिपुरमा बस्दै आएका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू