पत्रकार महासंघमा पार्टी संगठनहरूको दवदवाः श्रमजीवि पत्रकारको नाममा अबैधधन्दा, दलिय गठबन्धनका उमेदवार

172

काठमाडौं । नेपाल पत्रकार महासंघ व्यवसायीक पत्रकारिता गर्ने श्रमजीविको साझा संस्थाको रुपमा सार्वजनिक कार्याक्रममा जति हुँकार गरेपति आखिर महासंघ पत्रकारको संस्था नभई पार्टी संगठनहरुको खेलमैदान भएको पछिल्ला गतिविधिबाट प्रष्ट भएको छ । दलिय भागबन्डा नमिल्दा समयमा अधिबेशन गर्न नसक्ने विपुल पोखरेल नेतृत्वको महासंघले अन्तत मंसिर २८ गते निर्वाचन गर्ने भन्दै गरेको दलिय निर्देशनमा भएको गठबन्धनले फेरी व्यवसायीक पत्रकारहरुको शिर झुकाएको छ ।

आफुलाई उच्च कोटीको पत्रकारको परिचय आफै दिदै हिड्ने केही एनजीओका प्रतिनिधिहरुको मिलिमतोमा दलको आदेशमा भएका नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीको गठबन्धनका कारण महासंघ श्रमजीवि पत्रकारहरुको संस्था नभई दलको भातृसगठनको रुपमा रहेको समेत पत्रकारहरुबीच अहिले चर्चा चलेको छ । पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि दुई संस्थाबीच पद बाँडफाँट गरेर महासघमा सिण्डीकेट नै लगाउन समेत दलका नेताहरु सफल हुन पुगेको छ ।

गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मा जो एनजीओको प्रतिनिधिका रुपमा पत्रकारिताभन्दा पनि पत्रकारितालाई माध्याम बनाएर कााम गर्दे आएको उनी निकट पत्रकाहरुले बताएका छन् । एनजीओको इसारामा महिलाबादी मुद्दा र एनजीओको प्रतिबेदनलाई समाचार बनाउदै आफुलाई उच्चकोटीको पत्रकारको परिचय दिदै आएको शर्मा अघिल्लो अधिबेशनमा समेत हारेको व्यक्ती हुन ।

उनीबाट श्रमजीवि पत्रकारहरुको मुद्दामात्र रहेको तर समधान गर्न नसक्ने दलिय निर्देशनमा परिचालित व्यक्त समेत रहेको पत्रकारहरुले बताएका छन् । पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ। दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन्। यसरी निर्वाचित हुने दलनिकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम, दलीय आज्ञा बढी मान्ने गरेका छन्।

यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने ुशुद्धीकरणु अभियान चलाइएको थियो। तर, यिनै दलनिकट संगठनहरूले यसमा लामो किचलो गरेर पत्रकारहरुको अनुहारमा कालो पोत्न समेत अहिले उम्मेदबारीदिन अधिकाशं व्यक्तीहरु सफल भए । देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन्। तर, नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन।

समाचार वर्गहरू