पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान

147

काठमाडौं – सामाजिक रुपान्तरणकालागि नागरिक समाजको १९औं वार्षिकोत्सव तथा पाचौं विशेष नागरिक अवार्ड एवं श्रष्टा सम्मान २०८२ शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ।

यसै अवसरमा लामो समयदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार रामचन्द्र खड्कालाई विशेष नागरिक सम्मान–२०८२ द्वारा सम्मानित गरिएको छ। सामाजिक न्याय, जनचेतना अभिवृद्धि तथा तथ्य–सूचना प्रवाहमा खड्काको योगदान उच्च प्रशंसनीय रहेको भन्दै संस्थाले विशेष सम्मानले विभूषित गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिनिधी सभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक रुपान्तरणको क्षेत्रमा विगत १९ वर्षदेखि अविच्छिन्न रूपमा क्रियाशील नागरिक समाजले गरेको यस्ता महत्वपूर्ण कार्यक्रमहरू राज्यको जिम्मेवारी भएको भन्दै समेत संस्थाले गर्दै आएको प्रभावकारी कार्यको उच्च प्रशंसा गरिन्।

संस्थाका अध्यक्ष याम बहादुर जि.सी.को सभापतित्व तथा पनाह अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा  समाज डेण्टल हस्पिटल तथा सामाजिक रुपान्तरणका लागि नागरिक समाज बिच स्वास्थ्य शिविर सञ्चालन कार्य सम्झौता समेत गरिएको थियो ।

आठ बिशिष्ट ब्यक्तित्वहरुलाई संस्थाको मानार्थ सदस्यता वितरण गरिएको थियो । जसमा बरिष्ठ चिकित्सक डा.सुभास घिमिरे, क्याप्टेन बिजय लामा, ब्यवसायी तथा समाजसेवी दिपक मलहोत्रा, सामाजिक अभियन्ता तथा कलाकार कलावती श्रेष्ठ,पर्यटन ब्यबसायी डा. धनन्जय रेग्मीलाई बिशिष्ठ ब्यक्तित्व सम्मान प्रदान गरिएको थियो ।

समाचार वर्गहरू