पत्रकार सम्मेलन गर्दै रास्वपाका उम्मेदवार ‘तीन भाइ’

7

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित तीनजनाले शनिबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

उपनिर्वाचनमा उठ्न लागेका लामिछानेसहित स्वर्णिम वाग्ले र रमेश खरेलले शनिबार अपराह्न ४ बजे पार्टी कार्यालय बसुन्धराको घण्टीघरमा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्।

‘हामी तीन भाइको पत्रकार सम्मेलन ४ बजे’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्। लामिछाने आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–२ मा उठ्दै छन्। वाग्लेलाई चितवन– २ र खरेललाई तनहुँ १ मा उठाउने रास्वपाको तयारी छ।

तनहुँ-१ मा रास्वपाबाट उम्मेदवारहुने चर्चामारहेका रमेश खरेललेपनी समाजिक सञ्जालमार्फत शनिबार अपरान्ह चार बजे रास्वपाको केन्द्रिय कार्यालय बसुन्धराको घण्टीघरमा उपस्थितीकोलागी अनुरोध गरेका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू