(काठमाडौँ) – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रुस प्रस्थान गरेका छन् । रुसी महासङ्घ गणतन्त्र सर्बियाको औपचारिक भ्रमणका निम्ति शनिबार अपराह्न उनी रुसी महासङ्घको राजधानी मस्कोतर्फ प्रस्थान गरेका हुन् ।
उनका साथ परराष्ट्रसचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा निमित्त सचिव भरतराज पौड्याल लगायत परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुले बिदाइ गरेका थिए ।