काठमाडौं – भारतको औपचारिक भ्रमणमा नयाँ दिल्ली पुगेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार बेलुकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने भएकी छन् ।
मन्त्री राणाले सोमबार नै भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने बताइएको छ। भारतमा हुने द्विपक्षीय वार्तामा दुई देशको आपसी हित,सहकार्यका विषयमा छलफल हुने मन्त्रालय स्रोतले जनाएको छ।
गत सोमबार नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीसँगको भेटमा परराष्ट्रमन्त्री राणा नेपाल-भारत ‘एयर कनेक्टिभिटी’ बढाउन नेपाललाई थप हवाई रुटबारे छलफल भएको थियो। उनले हवाई रुटको विषयमा सचिव मिस्रीमार्फत भारतसँग कुरा उठाएकी थिइन्।
राणा परराष्ट्रमन्त्री नियुक्त भएपछि उनको यो पहिलो विदेश भ्रमण हो। चार दिने भारत भ्रमणका लागि परराष्ट्र मन्त्री राणा आज दिल्ली गएकी हुन्।
मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए।