परराष्ट्रमन्त्री राणा परराष्ट्रमै व्यस्त जर्मनीबाट सोझै भारत यात्रा

68
फाइल फोटो

काठमाडौं – परराष्ट्रमन्त्री ड‍ा. आरजु राणा देउवा जर्मनीको राजधानी बर्लिनबाट भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन्।

परराष्ट्रमन्त्री ड‍ा. राणाको यो भ्रमणले पहिलेदेखी प्रतिक्षीत प्रधानमन्त्रीको भारत भ्रमणको बिषयले स्थान पाउने अनुमान गरिएको छ ।

परराष्ट्रमन्त्री राणाले बेल्जियम, नेदरल्याण्ड्स र लक्जेम्बर्गको भ्रमणपश्चात जर्मनीको भ्रमण गरेकी थिइन्। जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसङ्ख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन्।

सो अवसरमा परराष्ट्रमन्त्री राणाले लैंगिक अल्पसङ्ख्ययकहरूले विश्वभर सामना गर्नुपरेका हिंसा, उत्पीडन र प्रणालीगत असमानताका चुनौतीहरूबारे चर्चा गरिन्।

साथै उनले नीतिमा आधारभूत रूपान्तरणको आवश्यकता औँल्याउँदै, नारीवादी परराष्ट्र नीतिले दीर्घकालीन परिवर्तन गर्न सक्ने सम्भावनाका विषयमा चर्चा गरेकी थिइन्।

समाचार वर्गहरू