परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

9

काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

आइतबार नै पद तथा गोपनियताको सपथ लिएका मन्त्री साउदले शपथग्रहणपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गरेका हुन् ।

परराष्ट्र मन्त्रालय सिँहदरबारमा आइतबार भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा मन्त्री साउदले नेपाल–भारतबीच सदियौँदेखि सौहार्द्रपूर्ण मैत्री सम्बन्ध रहिआएको उल्लेख गर्दै आगामी दिन थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

त्यसैगरी राजदूत श्रीवास्तवले मन्त्री साउदलाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मन्त्री साउदले आजै मात्र नियुक्त भई पदभार सम्हालेका हुन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू