परराष्ट्र मन्त्रालयको पुनःसंरचना, अन्य निकाय गाभ्ने गृहकार्य सुरु

119
फाइल फोटो

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको पुनःसंरचना गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

उनले अन्य मन्त्रालयअन्तर्गत रहेका तर परराष्ट्रसँग कार्यक्षेत्र मिल्ने विभाग तथा महाशाखाहरूलाई परराष्ट्र मन्त्रालय मातहत ल्याउन पहल थालेका हुन् ।

यसबारे अध्ययन गर्न मन्त्री खनालले परराष्ट्र सचिव अमृतबहादुर राईलाई जिम्मेवारी दिएका छन् । सरकारले २५ मन्त्रालयलाई १७ मा झार्ने नीति लिएअनुसार मन्त्रालयको पुनःसंरचना गर्न लागिएको स्रोतको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले मुख्यतया तीन निकायलाई आफ्नो मातहत ल्याउने तयारी गरेको छ । श्रम मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग, वाणिज्य मन्त्रालयसँग सम्बन्धित वैदेशिक व्यापार र अर्थ मन्त्रालयअन्तर्गतको वैदेशिक सहायता विभाग रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार परराष्ट्रसँग प्रत्यक्ष सरोकार राख्ने यी निकायहरूलाई एउटै छातामुनि ल्याउन गृहकार्य भइरहेको हो ।

समाचार वर्गहरू