पराराष्ट्र सचिवमा भरतराज पौडेल नियुक्त

27

काठमाडौं – सरकारले परराष्ट्र मन्त्रालयको नयाँ सचिवमा भरतराज पौडेललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयका वरिष्ठ सहसचिव रहेका पौडेललाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि पौड्याल वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए । नवनियुक्त सचिव पौडेलले शुक्रबार बिहान पदभार सम्हालेका छन् ।

सरकारले वैरागीलाई मुख्य–सचिवमा नियुक्त गरेपछि रिक्त रहेको सचिव पदमा पौड्याललाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।

समाचार वर्गहरू