परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार गर्ने यादव पक्राउ

7

काठमाडौं – झापाको दमकमा परिक्षा दिएर फर्किएकी एक छात्रामाथि गोली प्रहार भएको छ। 

उदयपुर घर भई दमकमा डेरा गरी बस्दै आएकी एनिका अधिकारीमाथि शुक्रवार दिउँसो करिब साढे ११ बजेको समयमा गोली प्रहार भएको हो।

दमकस्थित हिमाली माविबाट कक्षा १२ को परीक्षा दिएर कोठातर्फ गइरहेकी अधिकारीमाथि दमक–५ स्थित ज्येष्ठ नागरिक प्रतिष्ठान नजिकै गोली प्रहार भएको हो। उनको पेटमा एक राउन्ड गोली लागेको बताइएको छ। 

घाइते एनिकाको लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

चिकित्सकले उनको पेटबाट एउटा गोली निकालेका छन्। उनको हाल अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ। 

इलाका प्रहरी कार्यालय दमकका अनुसार अधिकारीलाई सिरहाका अमितकुमार यादवले गोली हानेको खुलेको छ । गोली प्रहार गर्ने सिराहाका अमितकुमार यादबलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।  

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू