पर्ख भन्छ्यौ किन हतारमा छु प्रीया
चुहिने छानो फेर्ने सुरसारमा छु प्रीया !
सोच्यौ कि परदेशमा डलर गन्छ होला
पसिना पिउदै खाडीकतारमा छु प्रीया !
चाडबाडमा मेरो गाउँघर डाकिरहन्छ
रित्तोखल्ती के गरु दोधारमा छु प्रीया !
साहुको रीन तिरी अलि जोगाउन सके
दशैसम्म घर फर्कने बिचारमा छु प्रीया !
दुखीको खप्पर जहाँ गएपनी ठक्कर
गाईनेको सारङ्गी र गितारमा छु प्रीया !
गङ्गा बिष्ट ‘अक्षरको साथी’
भिनपा ६/१
कन्चनपुर