पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

29

पर्सा – वीरगञ्जस्थित नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय वृद्धको उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो ।

ती वृद्धलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डा. असरफ हुसैनले जानकारी दिए । ती वृद्ध मुटु र मिर्गौलाको समस्याबाट पीडित थिए ।

समाचार वर्गहरू