पर्सामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

17

वीरगञ्ज – पर्सामा बिहीबार थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला छन् ।

नारायणी अस्पतालको प्रयोगशाालमा गरिएको पीसीआर परीक्षणमा पर्सा र बारामा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये छिपहरमाई गाउँपालिकाका २ जना रहेका छन । अरु सबै वीरगञ्ज महानगरपालिकाका हुन् । थपिएका सङ्क्रमितमध्ये अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

बाराको प्रसौनी गाउँपालिका–१का ३३ वर्षीय पुरुष, वीरगञ्ज कारागारका ३७ वर्षीया महिला र ८ वर्षीय बालकमा कारोना देखिएको छ ।

नेपाल रेल्वे माध्यमिक विद्यालयमा कन्ट्याक्ट ट्रेसिङका आधारमा संकलन भएको स्वाबको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–११ पानीटंकीको २८ वर्षीय, वीरगञ्जकै १४ वर्षीया किशोरी, २३ र  २२ वर्षीय युवक र ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।  वीरगञ्ज–९ को २९ र ३२ वर्षीया महिला तथा १२ वर्षीया बालिकामा पनि कोरोना देखिएको छ ।

वीरगञ्ज–१० घडिअर्वाका ५४ वर्षीय पुरुष, १० र ८ वर्षीय बालक, वीरगञ्ज–१० कै १८ वर्षीय युवक, वीरगञ्ज–९ घण्टाघरका ५५ र ३८ वर्षीय पुरुष, ५०, २६, ३७ वर्षीया महिला, ९ र ५ वर्षका बालिका तथा ७ वर्षका बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज–९ रानीघाटका ५४, ४५, ४१, २४, २५ वर्षीय पुरुष र ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ । वीरगञ्ज–९ गणेशटोलका ४५ वर्षीय पुरुष र वीरगञ्ज लालपर्साका २६ वर्षीय युवकको पनि कोरोना परीक्षण पोजेटिभ रिपोर्ट आएको छ ।

अस्पतालमा शय्या अभावका कारण रानी पोखरी होटलको सामुदायिक आइसोलेशन सेन्टरमा ३४, राणी सती धर्मशालामा ४१, वीरगञ्ज सिद्धार्थ स्कूलमा ३२, वीरगञ्ज कारागारमा ३८, अन्य आइसोलेशनमा ९४ र होम आइसोलेशनमा गरी ३ सय ५९ जना रहेको निमित्त प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

समाचार वर्गहरू