पर्सामा प्रहरी कै मिलेमतोमा राँगा भैंसीको तस्करी

13

वीरगंज – पर्साको पस्चमि क्षेत्रबाट सेटिङ्ग गरेर राँगा,भैँसी ,खुकुरा तस्करी भईरहेको छ । प्रहरीसंगकै मिलोमतोमा खुलेयाम भारतबाट नेपालमा राँगा,भैँसी ,खुकुरा तस्करी भईरहेको हो ।

तस्करहरुले भारतको विभिन्न ठाउबाट भैसी राँगा किनेर प्रहरी सँग समन्वय गरि बेलुका बोर्डर कटाउने गर्छन । पर्साको आस्वारी र जानकीटोला गाउँमा ल्याएर राख्छन र खाना खाएर राति १० बजे पछि त्यहा बाट जितपुर बजार तर्फ पठाउने काम गरीरहेका छन ।

प्रहरी निकायहरूले आ आफ्नो क्षेत्रमा कडा निगरानी बढाएको दाबी गर्दै आएपनी पर्सा जिल्लाको सीमा नाकामा पर्ने जानकीटोला र आस्वारी नाकाबाट तस्करी कार्य सुचारू रहेको देखिन्छ । पर्सा जिल्लाको जानकीटोला र आस्वारी नाका हुँदै दिनहु ३०-४० भैंसी र २०-२५ राँगा अबैध तरिकाले नेपाल भित्रयाइ जितपुर बजारसम्म पुग्ने गरेको देखिएको हो ।

नेपाल प्रहरीका केही कर्मचारीले पैसा पाए बापत स्कटिङ्ग समेत गर्ने गरेको रहस्य खुलेको छ । सीमा नाकादेखी जितपुर बजारसम्म प्रहरीकै निगरानी र स्कटिङ्गमा भैसी राँगालाइ पुर्याइने गरेको श्रोतको दाबी रहेको छ । आस्वारी चौकीका इन्चार्ज असई बिजय मिश्रा रहेका छन । जानकीटोला इप्रका (ख) का इन्चार्ज कुल बहादुर कुँवर रहेका छन । भैसी र राँगा बोर्डर कटाउन दिए वापत चौकीलाई प्रती भैसी १ हजार र प्रती राँगा ४५० दिएर कटाई रहेका छन ।

आस्वारी र जानकीटोला नाकाबाट भैंसी राँगाको लाईन पाउनेमा सगिर, बहिरा, महादेव नामका व्यापारीहरु रहेका छन । जानकीटोला नाकाबाट ब्रोइलर खुकुराको पनि तस्करी चलिरहेको छ । जानकीटोला नाका बाट शेषनाथ नामको तस्कर खुकुराको लाईन चलाई रहेको विषय जिल्ला प्रहरी कार्यालय पर्सा सम्म फोन मार्फत जानकारी गराइसके पनि खुकुरा तस्करी रूक्न नसकेको अस्थानीयहरु बताएका छन ।

भारतीय खुकुरा अवैध रुपमा तस्करी गरि ग्रामिणका बजार चौकहरुमा बिगबिगी बढेका कारण नेपाली खुकुरा व्यवसाई मारमा परेको बताउँछन रखूकूरा तस्करी गरेर ल्याउँदै गरेका एक जना व्यापारी सँग त्यो तस्करीको विषयमा बुझ्दा त्यो व्यापारीका अनुसार मेरो साहु शेषनाथले ईप्रका ख जानकीटोलाका इन्चार्ज सई कुल बहादुर कुँवरलाई मोटो रकम नजराना बुझाएकोले प्रहरीले कुनै रोकटोक् नगरेको प्रस्ट परेका थिए ।

त्यस्तै जानकीटोला नाकाबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्स, मल, लगायत बिभिन किसिमको तस्करी भइरहेको अस्थानीयहरुले बताएका छन । स्रोतका अनुसार प्रदेशबाट पर्साको लागि असईको कमाण्डमा एक जना हवल्दार र एक जना जवान सिपाही गरि ३ जना पर्सामा खटेका छन भने जिल्लाबाट क्राईम टोली पनि खटाएको छ । बोडरको एरियामा सिमा चौकीहरु पनि छन तर पनि सबै निकाय खटेपनि तस्करी नरुक्नुले प्रहरी माथि प्रष्न उठेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका एसपि बेल बहादुर पाण्डे जति कडा निगरानी बढाउन चोरी तस्करी नियन्त्रण गर्ने निर्देशन दिए पनि उनकै मातहतमा रहेका केही इन्चार्जहरुले दुई पैसाको लोभमा परि आदेश मिच्दै अटेरी गर्दै तस्करी गराईरहेका छन । यस विषयमा एसपि पाण्डेको ध्यान जान अति आवश्यक रहेको देखिएको छ ।

समाचार वर्गहरू