पर्सा प्रहरी एक्सनमा ,हुण्डी करोबारीको सँजाल तोड्दै

11

धर्मेन्द्र प्रसाद यादव/विरगंज  – पर्सा प्रहरीले हुण्डीको ५३ लाख ८० हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पर्साबाट ५३ लाख ८० हजारसहित पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज उपमहानगरपालिका–८ क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्ता र वीरगञ्ज उपमहानगरपालिका–११ का १९ वर्षीय प्रकाश जैसवाल छन्।

आज बिहीबार दिउँसो ११ बजेको समयमा वीरगञ्ज म.न.पा.वडा नं.११ श्रीपुर बस्ने बर्ष १९ को प्रकाश जैसवालले कालो झोला बोकी हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिई निजले बोकेको झोला जाँच गर्दा झोलाभित्र नेपाली रू.२४,००,०००।– (चौबीस लाख) फेला परेको; साथै निज शिव आनन्द गुप्ताको डेरामा रीतपूर्वक खानतलासी गर्दा अन्य दुई वटा कालो ब्याग भित्र लुकाइछिपाई राखिएको रू.२९,८०,०००।– ( उन्नतीस लाख असी हजार) थप फेला परेको हुँदा उल्लेखित दुवै रकम गरी जम्मा नेपाली रू.५३,८०,०००।– (त्रिपन्न लाख असी हजार) बरामद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए ।

विशेष सूचनाको आधारमा जिल्ला बारा प्रसौनी गा.पा.वडा नं.६ घर भई जिल्ला पर्सा बीरगञ्ज म.न.पा.वडा नं ८ BPC क्याम्पस छेउमा डेरा गरी बस्ने वर्ष २६ को शिव आनन्द गुप्तासमेत निम्न २ जना व्यक्तिहरूले अवैध वित्तीय कारोवार (हुण्डी) गरिरहेको भन्ने सूचना प्राप्त भएबमोजिम जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले निगरानीकै क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिई जिप्रका पर्सामा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै पर्सा प्रहरिले गत वैशाख २९ गते बुधबार पनी हुन्डी कारोवारी गर्ने ४ जनालाई अबैध रकम सहित पक्राउ गरेको थियो । उनिहरुको साथबाट प्रहरिले ८२,५०,०००।– (बयासी लाख पचास हजार) बरामद गरेको थियो ।

ति ४ जना अभियुक्तहरुलाई ना ८प ४८९७ नम्बरको डिस्कभर मोटरसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मार्फत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

 

समाचार वर्गहरू