(काठमाण्डौ) – नेपालयले सन २००५ देखि संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटी शृंङ्खलाुका कार्यक्रम अबदेखि युट्यूबमा पनि हेर्न पाइने भएको छ ।
यस अघि पनि पलेँटी नेपालयुको नाममा रहेको युट्यूब च्यानलमा पलेँटीमा गाइएका गीतहरू सुन्न सकिन्थ्यो । तर, अब भने नेपालयको आरुशालामा प्रस्तुत हुने कार्यक्रमको पूरै कार्यक्रमको प्रत्यक्ष रेकर्डिङ हेर्न पाइने भएको हो । पलेँटीको पूर्ण शृङ्खला साबिककै च्यानल पलेँटी नेपालयुमा हेर्न, सुन्न सकिन्छ ।
नेपालयले जानकारी गराए अनुसार सन् २०१९ देखिका पलेँटी शृङ्खलालाई क्रमशः अपलोड गरिने भएको छ । हरेक कार्यक्रमलाई ४ वटा शृङ्खलामा बाँडिएकोले दर्शक, श्रोताले आफ्नो अनुकुलता अनुसार पलेँटीको आनन्द लिन सक्ने छन् ।
आरुशालामा प्रत्यक्ष प्रस्तुत भएको कार्यक्रमको रेकर्डिङ भएको हुनाले कार्यक्रम हेर्दा लाइभको जिवन्तता पनि महसुस गर्न सकिने छ ।
पलेँटी कार्यक्रमको अनुभवलाई आरुशालाको सिमित उपस्थितिबाट बाहिर बाँड्न २०१९ देखिका शृङ्खलालाई क्रमिक रुपमा सार्वजिनिक गर्ने व्यवस्था मिलाएका हौुं आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले जानकारी गराए ।
नेपाली आधुनिक गीतलाई अभिलेखमा राख्ने उद्देश्यले पलेँटी कार्यक्रमलाई रेकर्ड पनि गर्दै आएका थियौं । अब नेपाली संगीत प्रेमीहरूले यस कार्यक्रमको प्रस्तुति पक्षलाई पनि अनुभूत गर्न पाउने छन् कार्यक्रम संयोजक आभासको भनाई थियो ।
पलेँटी शृङ्खला युट्यूबमा अपलोड गर्ने दिन पनि कार्यक्रम आरम्भ हुने गरेकै वारलाई छनोट गरिएको कुरा नेपालयले जानकारी गराएको छ ।