पशुपतिको भेटी चोरी प्रकरण, ढोडारीको घरबाट छ लाख बरामद

11

काठमाडौं – पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । 

महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायब उपरीक्षक केशवराज थेबेका अनुसार कोषका नायब सुब्बा नवराज ढोडारीको घरबाट भेटी चोरी गरेर सङ्कलन गरेकै ठाउँबाट छ लाख रुपियाँ बरामद गरिएको हो ।

जेठ ७ गते नासु ढोडारीसहित प्रहरी नियन्त्रमा पुगेका मन्दिरका ब्राह्मण नवराज घिमिरे, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सञ्जय कपाली र कुमार परियारमाथि जेठ ८ गते म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

पशुपति क्षेत्र विकास कोषको सिसिटिभी निगरानीका क्रममा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षका मुख्य कर्मचारी ढोडारीसहितका कर्मचारीले लुकाएर लाने गरेको खुलेको थियो ।

मन्दिरभित्रै पक्राउ परेका अभियुक्तले प्रहरीसँगको बयानमा पदाधिकारीकै संरक्षणमा चोरीमा संलग्न भएको बयान दिएपछि कोषाध्यक्ष नारायणप्रसाद सुवेदी पनि तानिएका छन् ।

कोषाध्यक्ष सुवेदीको निर्देशनमा आफूहरूले निरन्तर काम गरेको बयान पक्राउ परेका अभियुक्तले दिएका छन् । बाजा बजाउने कर्मचारी अनिल परियारको दाबी छ, “नारायण सुवेदी सर हुनुहुन्छ, उहाँले भनेर हामीले गरेको हो ।”   

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू