काठमाडौं – पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा चर्चीत कथाव्यास देवि प्रतिभाको विदाईसँगै नयाँ कथावाचिका देवी चन्द्रकला सखीको आगमन भएको छ ।
कथा वाचिका देवी प्रतिभा भारत प्रस्थान गरेकै दिन सखीको आगमन भएको हो ।उनी पशुपतिनाथमा आयोजना भइरहेको कोटिहोम महायज्ञमा राम कथा वाचनको लागि लण्डनबाट नेपाल आएकी हुन् ।
सखीलाई कोटिहोमका प्रमुख आयोजक मानव सेवा फाउण्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरेका छन् । उनलाई स्वस्तिवाचनका साथ बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
सखीले साउन १६ देखि २४ गतेसम्म दिउँसो २ देखि ७ बजेसम्म राम कथा वाचन गर्ने बताइएको छ ।