पशुपति नपुगेका दाहालले महाकालेश्वरमा गेरुवस्त्रमा पूजा गरेपछि….

2

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल सहितको टोलीले भारत भ्रमणको तेस्रो दिन मध्ये प्रदेशको महाकालेश्वर मन्दिरमा पूजा अर्चना गरेको छ । चारदिने भारत भ्रमणमा रहेका दाहालले आज तेस्रो दिन महाकालेश्वर मन्दिरको पूजा गरेका हुन्।

नेपालमा प्रशिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिरमा पूजाआजाका लागि नपुगेका दाहालले महाकालेश्वरको पूजा गरेको भन्दै निकै आलोचना भइरहेको छ। उनलेले महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष र ५१ हजार भारतीय रुपैयाँ भेटी पनि चढाएका छन्।

दाहालले महाकालेश्वर मन्दिरमा पूजा गरेको विषयलाई लिएर अहिले सामाजिक सञ्जाल मार्फत धेरैले आलोचना गरेका छन् भने केहिले समर्थन गरेका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले भने दाहालले गेरुबस्त्र लगाएर गरेको पूजाआजालाई सकारात्मक रुपमा लिएको बताएका छन्। थापाले पूजाआजासँगै दाहालकी श्रीमती सीताको स्वास्थ्य लाभको कामना पनि गरेका छन्।

‘प्रचण्डको यो रुपान्तरण स्थायी होस्,रणनीतिक नहोस्। उहाँकी जीवनसंगिनी सीता दाहालको स्वास्थ्य राम्रो होस्,’ थापाले भने, ‘सनातन धर्म संस्कृति र परम्परा रक्षागरेर पनि देश विकास गर्न सकिन्छ। नेपालमा धर्म निरपेक्षताको आडमा फैलिएको धर्मपरिवर्तनको डढेलो रोक्नसमेत प्रचण्डको ध्यान जाने अपेक्षा गर्दछु।’

एमालेका नेता सूर्य थापाले सुनसरीको चतरामा भैँसी पूजापछि अहिले महाकालेश्वरमा प्रधानमन्त्री पदमा टिकिराख्न पाउँ भनि दान गरेको आरोप लगाएका छन् । ‘पहिले सुनसरीको चतरामा भैंसी पूजाको अपार महिमापछि महाकालेश्वरको धुमधाम पूजाअर्चना,’ उनले भनेका छन्, ‘श्रीमतीको स्वास्थ्यलाभ र प्रधानमन्त्री पदमा लामो समय टिक्न मनोकामना पूरा गर्न १०८ केजी मध्ये १०० दाना रूद्राक्ष र ५१ हजार भारू दान।’

भारतको १२ ज्योतिर्लिङ्ग मध्येको एक महाकालेश्वर मन्दिरमा नेपालका प्रधानमन्त्रीलाई मध्यप्रदेशका गभर्नर मंगुभाइ पटेल, राज्यमन्त्री मोहन यादव र जगदीश देवडाले स्वागत गरेका थिए। प्रधानमन्त्री र उनको प्रतिनिधिमण्डललाई स्वागत गर्न मन्दिर परिसरमा रातो कार्पेट बिछ्याइएको थियो। पाहुनालाई स्वागत गर्न पुजारीहरूले शंख बजाएका थिए।

पहेँलो रङको सल ओढेका दाहालले दिउँसो १ः३० बजे मन्दिरको गर्भगृहमा धार्मिक अनुष्ठान गरेका थिए। पुजारीहरूले ‘श्लोक’ (भजन) सँगै जप गर्दा प्रचण्डले फूल अक्षता चढाएका थिए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू