पश्चिमका केही स्थानमा तीन दिनसम्म भारी वर्षा

24

काठमाडौं – पश्चिम भू-भागका केही स्थानमा तीन दिनसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालको पश्चिम नजिकै रहेकाले मध्य र पूर्वको तुलनाका पश्चिमका धेरै ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार शनिबार दिउँसो र राति पनि बागमती, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना छ ।

पश्चिमको तुलनामा प्रदेश १ र प्रदेश २ मा भने कम पानी पर्ने छ । गत २४ घण्टामा पूर्वी भागका केही स्थानमा मध्यमखालको वर्षा भए पनि अधिकांस स्थानमा हल्का वर्षा भएको छ ।

श्रेष्ठका अनुसार विगत २४ घण्टामा पनि बागमती, गण्डकी, प्रदेश ४ र कर्णाली प्रदेशमा भारी वर्षा मापन भएको छ । २४ घण्टामा ५० मिलिमिटरभन्दा धेरै पानी परेमा भारी वर्षा मानिन्छ । अबको तीन दिन देशभरि  मौसम पूर्णरुपमा नखुल्ने मौसमविद् श्रेष्ठको भनाइ छ ।

 

समाचार वर्गहरू