पहिलो पटक ‘श्राफ’ बाबु–छोरा सँगै देखिने

26

एजेन्सी – बलिउड एक्सन स्टार टाइगर श्राफसँगै उनका बुबा ज्याकी श्राफ पनि देखिने भएका छन । चलचित्र ‘बाघी–३’ मा श्राफ बाबुछोरा पहिलो पटक सँगै देखिन लागेका हुन् ।
चलचित्र निर्माता साजिद नाडियाडवालाले यस विषयमा एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘अमहद (निर्देशक) र मलाई कथाको माग अनुसार ज्याकीलाई चलचित्रमा समावेश गर्नुपर्छ भन्ने लागेको थियो ।’

यस चलचित्रमा ज्याकी अतिथि भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ । अहमद खानको निर्देशन रहेको चलचित्रमा टाइगरका साथै श्रद्धा कुपूर र अंकिता लोखण्डेको पनि मुख्य अभिनय रहेको छ । यो चलचित्रको रिलिज डेट सन् २०२० को मार्च ६ तोकिएको छ ।

समाचार वर्गहरू