पाँचथरमा बाढीले बगाउँदा ६ जना बेपत्ता, पाँच पुल बगे

2

काठमाडौं – पाँचथरमा गएरातिको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा ६ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम १० का सन्जोग लोवासहित सहित ६ जना बेपत्ता भएका हुन् ।

बाढीले फिदिम– ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक, फालेलुङ– ३ का एक र फिदिम– ४ माझीटारका दुई गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बाढीले ९ वटा घर बगाएको विवरण प्राप्त भएको प्रहरीको भनाइ छ । बाढीबाट ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । याङवरक गाउँपालिका ३ र २ मा ठूलो परिमाणमा घर बगाएको भएपनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्ग अन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल, फालेलुङ  गाउँपालिकाको  लुमाङदिन र घुमाउनेमा दुइवटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू