पाँच महिना आयु भएको सरकारले हावादारी बजेट ल्यायो – विष्णु पौडेल

6

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले हावादारी बजेट ल्याएको बताएका छन् ।

उनले चुनावी सरकारको आयु पाँच महिना रहेको जान्दाजान्दै आफ्नो प्राथमिकता वर्तमान सरकारले नुबझेको बताएका छन् ।

उनले सरकारले दीर्घकालीन महत्त्वका योजनाका कुरा गरेको तर सरकारको आयु पाँच महिना रहेको पनि बताए । उनले बजेटमा स्वर्ग पुर्‍याइदिने खालको हावादारी कुरा समेटेको पनि बताए ।

मुलुक आर्थिक संकटमा परेका बेला मुलुकलाई आर्थिक लयमा लैजानुको साटो सरकारले प्राथमिकता भुलेर हचुवाका भरमा बजेट ल्याएको पनि बताए ।

समाचार वर्गहरू