पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

4

काठमाडौं – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्। तोशाखाना प्रकरणमा इस्लामाबाद जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै तीन वर्ष कैदको फैसला गरेसँगै उनि पक्राउ परेका हुन्।

उनलाई लाहोरस्थित निवासबाटै पक्राउ गरिएको पञ्जाव प्रहरीले जानकारी दिएकाे छ। अदालतले तीन वर्ष कैदका साथै एक लाख रुपैयाँ जरिबानाको फैसला गरेकाे पाकिस्तानी पत्रिका डनले उल्लेख गरेकाे छ।

उनको पार्टी ‘पाकिस्तान तेहरिक ए इन्साफ’ले अदालतको फैसला पक्षपातपूर्ण रहेको बताउँदै सर्वोच्च अदालत जाने बताएको छ।

अदालतको फैसलासँगै इमरान खान आगामी पाँच वर्ष चुनावमा सहभागी हुन नपाउने पाकिस्तानको निर्वाचन आयोगले बताएको पाकिस्तानी पत्रिका डनले उल्लेख गरेको छ। उनी पाकिस्तान तेहरिक ए इन्साफ पार्टिका अध्यक्षसमेत हुन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू