पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

26

ललितपुर – कोरोना भाइरसको संक्रमणबाट ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना पुरुषको मृत्यु भएको छ ।

शुक्रबार बिहान काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत उनको आज बिहान ३ बजे मृत्यु भएको हो ।

समाचार वर्गहरू