पार्टीको निर्देशन नमानेको भन्दै सांसद सापकोटा पार्टीबाट निष्कासित

22

काठमाडौं – जनमत पार्टीले पार्टीको निर्देशन नमानेको भन्दै सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ ।

स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो ।

पत्र अनुसार सापकोटा पार्टीको कारबाहीमा परेको सूचना संसदमा जानकारी गराएको खण्डमा सांसद पद रिक्त हुन्छ । तर, यस सम्बन्धमा संसद सचिवालयले निर्णय लिइसकेको छैन ।

संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसद सचिवालय प्राप्त पत्रमाथि अध्ययनमा छ । ‘राजनीतिक दल सम्बन्धी व्यवस्था उल्लेख गरेर पत्र आएको छ । प्राप्त पत्रमाथि अध्ययन भइरहेको छ,’ उनले भनेका छन् ।

पत्र प्राप्त भएको १५ दिन भित्र सदनमा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । सदन नरहेको अवस्थामा भने सूचना टाँस गर्न सकिन्छ । सदनमा जानकारी गराएपछि वा सूचना टाँस भएपछि कारबाहीमा परेको सदस्यको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू