‘पार्टीलाई खुट्टा टेकाउन एमालेसँग चुनावी तालमेल गरिएको हो’ – कमल थापा

7

काठमाडौंं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले थापाले पार्टी नयाँ भएको र पार्टीलाई खुट्टा टेकाउनको लागि स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल गरिएको बताए ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले मत बदर हुन सक्ने भएकाले संयुक्त रुपमा सूर्य चिन्हबाटै चुनावमा जाने बताए ।

शनिवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले स्थानीय तहको निर्वाचनबाट सम्मान जनक उपस्थिति हुने र पार्टी स्थापित गरेरै छाड्ने बताउदै केही समयपछि लिङ्गदेन नेतृत्वको राप्रपा पनि पछि राप्रपा नेपालमै समाहित हुने दाबी गरे ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडान, स्थिरता र समृद्धिको पक्षमा रहेकाले एमालेसँग तालमेल गरिएको उहाले जानकारी दिए । थापाले प्रतिनिधिसभाको निर्वाचनमा भने पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गराएरै छाड्ने जिकिर गरे ।

थापाले देशमा अब राजसंस्था आउँन नसक्ने ठकुवा गर्दै  राजाले भित्री रुपमा गणतन्त्र स्वीकार गरेर ब्यवसायमा लागेको आरोप लगाए ।

समाचार वर्गहरू