पार्टी एकीकरण छिटो पूरा गर्नुपर्छ : नेता नेपाल

44

हेटौंडा – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताएका छन् । नेकपा हेटौंँडा उपमहानगर कमिटीद्वारा मंगलबार आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणलगायत पार्टीको दिगो विकासको सम्बन्धमा बोलेका प्रतिबद्धता पूरा गर्नुपर्ने र पार्टीको विधानअनुसार हिँड्नुपर्ने विचार व्यक्त गरे ।

उनले सरकार र पार्टीले सातै प्रदेशको विकास र समृद्धिमा जोड दिनुपर्ने बताए । उनले कार्यकर्ताले पदका लागि नभई पार्टीका लागि काम गर्नुपर्ने र जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिए । पार्टीलाई आगामी दिनमा प्रभावकारी बनाउन सबै तह र समुदायलाई समेटेर काम गर्न उनले सबैलाई आग्रह गरे । यही पुस २३ गते बस्ने बैठकमा पार्टीलाई नयाँ ढंगले सञ्चालनका लागि तथा सीमा र एमसिसीलगायत विषयमा निर्णय हुने उनले जानकारी दिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू