(काठमाडौं) – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सिनियर अहेव विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारी रकम हिनामिना गरेको आरोपमा जिल्ला स्वास्थय कार्यालयका सिनियर अहेव विरुद्ध मिनबहादुर विष्ट विरुद्ध आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विष्टले नक्कली बिल भरपाई पेश गरी सरकारी रकम लिई भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अख्तियारले विष्टविरुद्ध २ लाख ३४ हजार बिगो कायम गरि विशेष अदालतमा शुक्रबार आरोपपत्र दायर गरेको हो ।
विष्टले नक्कली बिल भरपाई पेश गरी गाडी भाडावापत दुई लाख ३४ हजार रुपैयाँ हिनामिना गरेको देखिन आएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गर्दै आरोपपत्र दायर गरेको छ ।