पाल्पामा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

4

काठमाडौं – पाल्पाको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

पाल्पाको डुम्रेबाट तिनाउँ गाउँपालिका-६ चिदिस शिखरडाँडा जाँदै गरेका जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

उकालोमा ब्याक गर्ने बेलामा लु१ज २३७१ नम्बरको जिप दुर्घटना भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख पाल्पाका एसपी हेरम्ब शर्माले दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टि गरे। मृतकको पहिचान भने खुलेको छैन। घाइतेहरूलाई लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू