पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

21

(पाल्पा) – ट्याक्टर दुर्घटनामा परी पाल्पामा एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–४, कोलडाँडा बौरीडाँडामा गएराति ट्याक्टर दुर्घटना हुँदा चालक ३२ वर्षीय पुष्पराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बौरीडाँडाबाट चौबिस माइलतर्फ आउँदै गरेको लु २ त ७२५७ नं ट्याक्टर दुर्घटना हुँदा सोही टेक्टरका चालक पश्चिम नवलपरासी सरावल–१ का घर भएका थारुको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू