पाल्पा श्रीनगर लायन्स क्लबको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न

13

अनु खनाल/पाल्पा – पाल्पा लायन्स क्लब र श्रीनगर लायन्स क्लबको आयोजना र प्रदेश सरकार भू संरक्षणको सहकार्यमा अमर नारायण मन्दिरको परिसरमा विभिन्न फलफुलहरुको बृक्षारोपण गरिएको छ । बुधबार उक्त क्षेत्रमा आँप ,सुन्तला,दालचीनी कागती र अन्य फलफूलहरुको बोट रोपिएको हो ।

उक्त वृक्षारोपण कार्यक्रममा प्रदेश सभा सभासद पुरन बज्राचार्यले गत बर्ष पनि प्रदेश सरकारको आयोजनामा बृक्षारोपण गरेको तर फलफुलको बिरुवा रोप्ने मात्र भन्दापनी यसको संरक्षण गर्नु महत्त्वपूर्ण कुरा भएको बताए

नारायण युवा क्लबका किशोर दर्शन बज्राचार्यले युवा क्लबले ५४ सालदेखि संरक्षण गर्दै आइरहेको र आउँदा दिनहरुमा पनि युवा क्लब परिवारले यसलाई हातेमालो गर्दै संरक्षण गर्ने बताए ।

रेडक्रस सोसाइटी पाल्पाका सभापती बुद्धि प्रसाद शर्माले यस्तो पवित्र ठाउँमा विभिन्न किसिमका फलफुलहरुको बिरुवा रोपेर सबैले त्यसको संरक्षण गर्नुपर्ने दायित्व रहेको बताए ।

त्यस्तै भू संरक्षणका कार्यालयका आनन्द राम घिमिरेले बिरुवा रोपिसकेपछि संरक्षणको पाटो महत्त्वपूर्ण रहने र बेलाबेलामा यसको हेरचाह गर्ने बताए ।

नागरिक समाजका भेषराज सुवेदीले बृक्षारोपण गर्नु ठुलो कुरा नभएको तर त्यसलाई जोगाउनु ठुलो कुरा भएको बताए । लायन्स क्लबका सुशील प्रधानले बिरुवा रोपिसकेपछि त्यसको संरक्षण गर्नु पर्ने कुरालाई जोड दिएका थिए ।

लायन्स क्लब पाल्पाकी अध्यक्ष शारदा नेपालले यस सहकार्यमा सबैजना जुटेर बृक्षारोपण गर्न पाउँदा खुशी व्यक्त गर्दै यसलाई बेलाबेलामा हेरचाह गर्नुपर्ने बताउदै सबैलाई धन्यवाद दिएकी थिइन।

उक्त वृक्षारोपण कार्यक्रममा लायन्स क्लबका खेम वहादुर सारु लगायतको उपस्थिति रहेको थियो।

No description available.

समाचार वर्गहरू