एजेन्सी । पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । खेलको ९० औं मिनेटमा पीएसजीका लागि मार्किन्हसले गोल गर्दै खेल -१ को बराबरीमा ल्याए ।
इन्ज्युरी समयको दोस्रो मिनेटमा नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।
पीएसजी २५ वर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।