पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने

14

(काठमाडौं) – नेपालमा हुने १३ औँ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष क्रिकेटमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ ।

नेपाल र श्रीलंकाबीच उदघाटन खेल डिसेम्बर ३ मा त्रिवि मैदानमा हुनेछ । साग आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्दी श्रीलंका परेको हो । यस्तै नेपालले डिसेम्बर ५ मा भुटानसँग खेल्दा डिसेम्बर ६ मा माल्दिभ्सको सामना गर्नेछ ।

नेपालले अन्तिम खेलमा डिसेम्बर ७ मा बंगलादेशसँग खेल्नेछ । सागमा ८ वर्षपछि क्रिकेट खेल समावेश गरिएको छ । पुरुषतर्फ ५ टोली सहभागी भएकाले राउण्ड रोविनका आधारमा खेल हुनेछ ।

सागको पुरुषतर्फ पाँच टिमले प्रतिस्पर्धा गर्ने छन् । जसमा नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन् । टेष्ट राष्ट्र श्रीलंका र बंगलादेशको यू २३ टिम सहभागी हुनेछन् । सागमा भारत र पाकिस्तान सहभागी छैनन् ।

समाचार वर्गहरू