पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीलाई स्वर्ण

11

(काठमाडौं) — दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करण अन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपी चन्द पार्कीले स्वर्ण जितेका छन् ।

उनले १४ मिनेट ५४.२० सेकेन्डमा निर्धारित दुरी पार गर्दै स्वर्ण जितेका हुन् । योसँगै जारी सागमा नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ ।

उक्त दौडमा भारतका सुनिल दावाले रजत जिते । यस्तै, नेपालका हरि रिमालले कांस्य जिते ।

समाचार वर्गहरू