सिन्धुपाल्चोक – नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतले पहिरो पिडित वालवालिकाको अभिभावकत्व ग्रहण गरेका छन् । गत श्रावण ३० गते सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ लिदि पहिरोमा अभिभावक गुमाएका ७ जना र असार २५ गते जम्बुको पहिरो पिडीत १ जना गरी ८ जना बालबालिकाको कक्षा १२ सम्मको पठन पाठनको जिम्मा नेता बस्नेतले लिएका हुन् ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद बिभाग प्रमुख समेत रहेका नेता बस्नेतले पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ,सविता दोङ ,दुर्गा दोङ,कविता दोङ,अनिता दोङ,कान्छी दोङ,नाम नखुलेको साङ वहादुर दोङ छोरी सहित ७ बालबालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले १ गरी ८ जनालाई कक्षा १२ सम्मको पठन पाठनको लागि सम्पुर्ण जिम्मेवारीआफुले लिने घोषणा गरेका हुन् ।
नेता बस्नेतले यसअघी पनि मुलुककै पहिलो कोरोना संक्रमित मृतक महिलाको शिशुको पनि लालन पालन र उच्च शिक्षाको जिम्मेवारी लिएका छन् ।