काठमाडौं – ललितपुरको पुलचोक इन्जिनियरिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ सभापतिमा विजयी भएका हुन्। उनले १ हजार १०२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत ल्याएका छन्। श्रेष्ठ पुल्चोकमा सिभिल इन्जिनियरिङमा स्नातक पढ्दैछन्। उनी चौथो वर्षमा अध्ययनरत रहेको क्याम्पसले जनाएको छ।
श्रेष्ठले केही दिनअघि प्रतिबद्धता पत्र सार्वजनिक गर्दै स्वास्थ्य शैक्षिकता, विश्वसनीयता र युग निर्माणको लक्ष्य केन्द्रित बन्ने घोषणा गरेका थिए। उनले क्याम्पससँगै विद्यार्थी र प्राध्यापकको हितका विषयमा पनि काम गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन्।
यसैगरी सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा १०६४ मत र कोषाध्यक्षमा नेविसंघका अल्बर्ट ढकाल १०४२ मत ल्याएर निर्वाचित भएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको हो।